Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

निर्वाचन सामग्री व्यवस्थापनमा कर्मचारीलाई भ्याइ नभ्याइ

उद्‌घोष संवाददाता
२२ माघ २०८२, बिहिवार

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा निर्वाचन सामग्रीको व्यवस्थापन गर्न निर्वाचन कर्मचारीलाई भ्याइ नभ्याइ भएको छ । निर्वाचनका लागि आवश्यक मतपेटिकाको सरसफाई, निर्वाचन सामग्रीको व्यवस्थापन, विभिन्न कागजात र मतदाता नामावली मिलाउनका लागि कर्मचारीहरू व्यस्त देखिएका छन् ।

कार्यालयले मतदानस्थलमा पठाइने सबै प्रकारका निर्वाचन सामग्रीको व्यवस्थापन निर्वाचन अधिकृतहरूको तालिम अगावै गर्नुपर्ने भएकोले आवश्यक सामग्रीको व्यवस्थापनमा जुटेका हुन् ।

मतदान सुरु हुनुअघि र सम्पन्न भएपश्चात प्रयोग गरिने विभिन्न प्रकारका अनुसूची फारमको व्यवस्थापनको काम भैरहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीले बताए । 

उनले निर्वाचन आयोगबाट थप निर्वाचन सामग्रीहरू आउने क्रम पनि जारी रहेको जानकारी दिए ।

View : 461

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved