Biratnagar, Morang, Nepal
५ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

एकीकृत समाजवादी कोशी अध्यक्षमा खड्का

उद्‌घोष सम्वाददाता
२८ चैत २०८१, बिहिवार

विराटनगर । नेकपा एकीकृत समाजवादीको कोशी अध्यक्षमा सरिता खड्का चयन भएकी छन् । 

एकीकृत समाजवादी कोशीमा अध्यक्ष पदमा पाँच जना दाबेदार थिए । उपमहासचिव राजेन्द्र राई नेतृत्वको अध्यक्ष मण्डलले संखुवासभाकी खड्कालाई पार्टीकै प्रदेश अध्यक्ष घोषणा गरेको हो ।

त्यसैगरी खोटाङका जलशेर राईलाई सचिव घोषणा गरेको जनाइएको छ । अध्यक्ष र सचिव घोषणा गरिएपनि उपाध्यक्ष पद भने एकीकृत समाजवादीले खाली नै राखेको हो । 

पार्टी पोलिटब्यूरो सदस्यहरु धर्म निरौला, महेश रेग्मी, केशव विष्ट र उदयपुरका अध्यक्ष विनोद खड्का अध्यक्ष पदका लागि दाबेदार थिए ।

अध्यक्ष मण्डलले भने संखुवासभाबाट यसअघि प्रदेशसभा सदस्य रहिसकेकी खड्कालाई अध्यक्ष पदमा घोषणा गरेको हो । 

अधिवेशनले १६८ सदस्यीय प्रदेश कमिटी घोषणा गरिएको जनाइएको छ ।

अधिवेशन उद्घाटन कार्यक्रममा शीर्ष नेताहरुले प्रदेश नेतृत्व ‘सर्वसम्मत रुपमा छान्नुपर्ने’ भन्दै प्रतिष्पर्धा रोक्ने प्रष्ट सन्देश दिएका थिए । 

एकीकृत समाजवादीले आन्तरिक लोकतान्त्रिक अभ्यास खुम्च्याउने गरी नेतृत्व छान्दै आएको छ । 

यसअघि केन्द्रीय महाधिवेशनमा पनि नेताहरु आफैले नेतृत्व चयन गरेको एकीकृत समाजवादीमा भर्खरै मोरङमा पनि नेताहरुले प्रतिनिधि घर पठाएर ६ दिनपछि पार्टी कार्यालयको भित्तामा नाम टाँसेका थिए ।

View : 338

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved