विराटनगर । विराटनगर –२ तीनपैनी सिंगिया तटस्थित ओशो धर्म प्रदीप ध्यान आश्रमद्वारा आयोजित तीन दिवशीय तनाव मुक्तिका लागि ध्यानशिविर आइतबार सम्पन्न भएको छ ।
झापा, मोरङ, सुनसरीका साथै भारतको जोगवनी, फारवीसगञ्ज पूर्णीया, कटिहारदेखि आएका सहभागी रहेको शिविरको ओशो तपोवन काठमाडौंबाट आएका स्वामी आनन्द तथागतले सहजीकरण गरेका थिए ।
सिंगिया तटमा अवस्थित सो शिविरमा भारतबाट लभ्ली (पूर्णिया), जोगवनीका दीपक ठाकुर, पूर्णिमाका ‘राहुल परासर’ विष्णु (सुनसरी) , इटहरीकी निरूमा, विपिन शिवाकोटी, धरानका संसार ढकाल, इटहरीकी सर्मिला सिग्देलका साथै आश्रमका जग्गदाता जीतबहादुर अर्जेल, पूर्व प्रजिअ डुल्लुराज बस्नेत, अधिवक्ता रामप्रसाद खतिवडा, व्यवसायी रणबहादुर बुढाथोकीलगायतको सहभागिता थियो ।
सो अवसरमा आश्रमका उपाध्यक्ष अर्जुनसिंह गनगाईं, सचिव दीलिप मण्डल राजवंशी, कोषाध्यक्ष विवेक अग्रवाल, सल्लाहकार हरिदीपसिंह कार्की, विकास रुपाखेतीलगायतले शिविरलाई व्यवस्थित बनाउन लागेका थिए ।
सिंगिया तटमा अवस्थित सो ध्यान आश्रमको दुई कट्टा पाँच धुर जग्गा २०३७ सालमा खरिद गरी २०६५ सालदेखि सो स्थानमा ध्यान शिविर हुँदै आएको अर्ज्यालले जानकारी दिए ।
View : 412
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved