Biratnagar, Morang, Nepal
१८ कार्तिक २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

पत्रकार महासंघ मोरङको तीज कार्यक्रमको खर्च भोटेकोशी बाढी पीडितलाई

उद्‌घोष संवाददाता
२१ भदौ २०८३, आइतवार

Advertisement

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले यस वर्ष हरितालिका तीजका अवसरमा आयोजना गरेको कार्यक्रमको व्यवस्थापनमा लाग्ने खर्च रकम भोटेकोशी बाढी पीडितका लागि राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

महासंघ मोरङले हरेक वर्ष हरितालिका तीजको अवसरमा पत्रकारहरुबीच आपसी सद्भाव, भेटघाट र शुभकामना आदान–प्रदान गर्ने उद्देश्यले तीज कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष भने महासंघले तीज कार्यक्रमलाई सामान्य रुपमा मनाएको जनाएको छ । 

महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकका अनुसार तीज कार्यक्रमका लागि व्यवस्थापनमा हुने खर्च कटौती गरी सो रकम विपद्बाट प्रभावितका लागि राहत कोषमा सहयोग गर्ने निर्णय गरिएको हो । 

चाडपर्व मनाउने क्रममा हुने अनावश्यक खर्चलाई विपद प्रभावितको सहयोगमा प्रयोग गर्न सकिने सन्देश दिन पनि महासंघले यस्तो निर्णय गरेको अध्यक्ष पाठकले बताइन् ।

पत्रकार महासंघले सञ्चार क्षेत्रसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने भएकाले विपद्को समयमा पीडितको साथमा उभिनु आवश्यक रहेको उहाँको भनाइ छ । महासंघको यो निर्णयले चाडपर्वका नाममा हुने खर्चलाई विपद् पीडितको राहतमा प्रयोग गर्ने सकारात्मक अभ्यासको सन्देश दिएको छ । 

कार्यक्रममा कोशी प्रदेश सञ्चार प्रतिष्ठानका अध्यक्ष दीपक दाहाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जुङ, महासंघ मोरङका पूर्व अध्यक्षहरू मोहन भण्डारी, यज्ञ शर्मा, विक्रम निरौला, महेन्द्र विष्ट, बन्धु पोखरेल, सञ्जीव खनाल लगायत पत्रकारहरू सहभागी भएर शुभकामना दिएका थिए ।

View : 339

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved