Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

त्रिवि र पूविमा परीक्षा स्थगित, मनमोहनको पढाइ बन्द

उद्‌घोष संवाददाता
२३ भदौ २०८२, सोमवार

Advertisement

मनमोहन विश्वविद्यालयको पढाई बन्द, पूर्वाञ्चलका परीक्षा स्थगित  
 विराटनगर । जेनजी पुस्ताको आन्दोलन र सुरक्षाको अवस्थालाई ख्याल गर्दै पूवि र त्रिविका जारी परीक्षा स्थगन गर्नका साथै मनमोहन प्राविधिक विश्वविद्यालयले मंगलबार सबै संकायको पठनपाठन बन्द गर्ने भएको छ । 
मनमोहन प्राविधिक विश्वविद्यालयका मुख्य अधिकृत सुजन भुर्तेलले विज्ञप्ति जारी गर्दै शैक्षिक वातावरणका लागि असहज अवस्थालाई ख्याल गर्दै विद्यार्थीहरूको हितका लागि मंगलबार एक दिन सबै संकाय अन्तर्गतका कलेजहरूको पठनपाठन बन्द भएको जानकारी गराएका छन् । 
कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुढामा छ । 
यसैगरी पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले मंगलबार र बुधबारका लागि  निर्धारित सबै परीक्षा स्थगित भएको जनाएको छ । परीक्षा व्यवस्थापन कार्यालयका परीक्षा नियन्त्रक बालेन्दु हमालले सोमबार साँझ एक जारी गरी भदौ २४ र २५ गते तोकिएका विभिन्न संकायका स्नातक र स्नातकोत्तर तहका परीक्षा अको सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

त्रिविको परीक्षा पनि स्थगन
त्रिवि परीक्षा नियन्त्रण कार्यालयद्वारा भदौ २२ गतेदेखि सञ्चालित चार बर्से स्नातक दोस्रो वर्षको (आंशिक तथा मौका) परीक्षाहरु मध्ये २४, २५  र २६ गते सञ्चालन हुने परीक्षाहरु स्थगन गरेको छ । 
निमित्त परीक्षा नियन्त्रक सूर्य कलौनीले पनिकाको तर्फबाट सोमबार एक सूचना जारी गर्दै देशमा आकस्मिक रुपमा सिर्जना भएको असहज परिस्थितिका कारण देशभरीका सबै केन्द्रहरुका परीक्षाहरु स्थगन गरिएको जनाइएको छ । सो परीक्षा आगामी असोज २, ४ र ५ गते सोही समय र सोही परीक्षा केन्द्रमा हुने जनाइएको छ । 


 

View : 747

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved