Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

जिल्लाबासीको स्वागतपछि मन्त्री हाङ्गामले भने ‘पाथिभरा माताको कसम खाएर भन्छु, भ्रष्टाचारमा फस्ने छैन’

उद्‌घोष सम्वाददाता
२२ असोज २०८१, मङ्गलवार

विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामलाई गृह जिल्ला ताप्लेजुङमा स्थानीयबासीले स्वागत गरेका छन् ।

मन्त्री बनेपछि पहिलोपटक सोमबार गृहजिल्ला पुगेका मन्त्री हाङ्गामलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङले बधाइ र शुभकामना दिँदै कार्य सफलताको कामना गरेका हो ।

मन्त्री हाङ्गामले त्यसक्रममा जिल्लाबासीले गरेको अपेक्षा अनुसार नै आफू अघि बढ्ने बताए । उनले आफुले पाथिभरा मातालाई साक्षी राखेर भ्रष्ट्राचार नगर्ने प्रतिवद्धता जनाए । 

‘तपाइँहरुको जनप्रतिनिधिले प्रदेशमा मन्त्री बनेर काम गर्ने अवसर पाएको छ’, उनले भने ‘यो अवसरलाई म प्रदेशको हितमा पूरा उपयोग गर्नेछु । पाथिभरा माताको कसम खाएर भन्छु, म भ्रष्टाचारमा फस्ने छैन । जनताको अपेक्षामा खरो उत्रने प्रयासमा हरदम लागिरहने छु ।’

‘अनेकौ चुनौतीको सामना गरि जनभावना अनुसार काम गर्नुपर्ने दायित्वप्रति म सजग छु’, मन्त्री हाङ्गामले ताप्लेजुङमा आयोजित कार्यक्रमहरुमा भने ‘जिल्लाबासीहरुको आशा अनुसार नै म अब्बल काम गर्ने प्रयासमा हुनेछु ।’

मन्त्री हाङगामले जिल्लाका कसैलाई काखा र कसै पाखा नगरी काम गर्ने पनि बताए । ‘म दशैं, तिहार, छठ, नेपाल सम्वत् सबै पर्वहरुको शुभकामना दिँदै थप्छु, म कसैलाई काखा, कसैलाई पाखा नगरी काम गर्नेछु ।’

हाङ्गाम २०७९ सालको प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङ निर्वाचन क्षेत्र नं १ को २  बाट प्रदेशसभामा निर्वाचित भएका थिए । मन्त्री हाङ्गाम तरुण दल ताप्लेजुङका अध्यक्ष र नेपाली काँग्रेस ताप्लेजुङ निर्वाचन क्षेत्र नं १ १ का सभापति समेत हुन् ।

View : 96

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved