विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको जग्गामा अतिक्रमण गरी बनाइएका ३२ वटा व्यावसायिक सटरहरुमा सोमबार बिहानै डोजर चलाएर भत्काइएको छ ।
देवकोटा पुस्तकालय, नेपाल रेडक्रस प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र, गणेश मन्दिर र नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाका २६ वटा र कोशी अस्पतालको छवटा सटर गरी ३२ ओटा सटर भत्काइएको अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुइँटेलका जानकारी दिएका छन् ।
प्रहरीको बाक्लो उपस्थितिमा अतिक्रमित भवनका सटरहरु भत्काइएको हो ।
जनसम्पर्क अधिकारी लुइँटेलका अनुसार स्वास्थ्य तथा खाद्य स्वस्च्छता मन्त्रालयको निर्देशन अनुरूप हाललाई अस्पतालको जग्गाभरि कम्पाउन्ड मात्रै लगाइ सुरक्षित पारिने भएको छ ।
मन्त्रालयको अर्को निर्देशन नआउञ्जेल सो काम मात्रै गर्ने अस्पताल प्रशासनले जनाएको हो ।
मन्त्रालयले भौतिक संरचना निर्माण गर्ने निर्देश दिए सो काम पनि हुँदै जाने जनसम्पर्क अधिकारी लुइँटेल बताए ।
त्यस्तै कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा चन्द्रभाल झाका अनुसार प्रयोग गर्न मिल्ने र सेवा विस्तारमा आउने भवनलाई हाललाई नभत्काइकन प्रयोग गरिने भएको हो ।
अस्पतालमा बिरामीहरूको चाप अनुसार सेवा विस्तार गर्न अपुग रहेका भवन तथा वार्डहरू सोही खाली ठाउँमा सञ्चालन गरिने उनले बताए ।
कोशी अस्पताल प्रशासनले आफ्नो स्वामित्वको जग्गामा अतिक्रमण गरी बनाइएका व्यावसायिक संरचनाहरु भत्काउन दोस्रो पटक सूचना जारी गर्नु परेको थियो ।
दोस्रो पटकको सूचनाको म्याद सकिनु अगावै सटर खाली भएपछि सटर भत्काउन सुरु गरिएको हो ।
View : 65
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved