विराटनगर । देवीप्रसाद–इन्द्रादेवी चापागाईं पुरस्कार प्रतिष्ठानले विभिन्न विधामा पुरस्कार तथा सम्मान वितरण गरेको छ ।
प्रतिष्ठानका अनुसार एक लाख १ हजार राशिको देवीप्रसाद–इन्द्रादेवी चापागाई धार्मिक पुरस्कार राधारमण मन्दिर बरगाछी र ५१ हजार राशिको देवीप्रसाद–इन्द्रादेवी चापागाई धार्मिक एवम् सामाजिक पुरस्कार लक्ष्मीनारायण मन्दिर पिपलचोक विराटनगरलाई दिइएको छ ।
यसैगरी २१ हजार राशिको देवीप्रसाद–इन्द्रादेवी चापागाई साहित्यकार पुरस्कार साहित्यकार दधिराज सुवेदी र ११ हजार राशिको देवीप्रसाद– इन्द्रादेवी चापागाई धार्मिक पुरस्कार पण्डित चक्रपाणि नेपाललाई प्रदान गरिएको छ ।
नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक समारोहमा सो सम्मान तथा पुरस्कारहरू समर्पण गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष विरसिंह चापागाईको अध्यक्षतामा भएको सो कार्यक्रममा साहित्यकार विवश पोखरेल, कविराज न्यौपाने, दिङ्लाली कान्छो, राप्रपाका नेता केदार कोइराला, नेपाली कांग्रेस महानगर सभापति दीपक चापागाई लगायतले प्रतिष्ठानको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
View : 359
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved