Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

मारवाडी युवा मञ्चको साताव्यापी कार्यक्रम सम्पन्न

उद्‌घोष संवाददाता
२५ पुष २०८२, शुक्रवार

Advertisement

विराटनगर । विभिन्न सामाजिक कार्यकमको आयोजना गर्दै मारवाडी युवा मञ्च विराटनगरले साताव्यापी कार्यक्रम सम्पन्न गरेको छ । 

मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीको अध्यक्षतामा स्थानीय मानवसेवा आश्रममा शुभकामना कार्यक्रम एवं भोजन सेवा गरी साताव्यापी कार्यक्रम सम्पन्न गरेको हो । 

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, प्रहरी उपरीक्षक कबित कटवाल, राष्ट्रिय अनुसन्धान कार्यालयका राजन सापकोटा, नेपाल राष्ट्रिय मारवाडी परिषदका सहकोषाध्यक्ष फूलकुमार लालवानी, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका उपाध्यक्ष गोपाल अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका संस्थापक अध्यक्ष सुरेन्द्र गोल्छालगायतको उपस्थिति रहेको थियो । 

त्यसैगरी मारवाडी सेवा समितिका अध्यक्ष गोविन्द झुनझुनवाला, मारवाडी महिला मञ्चकी अध्यक्ष सरिता लालवानी, उद्योग संगठन मोरङका अध्यक्ष एवं नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका संस्थापक उपाध्यक्ष नन्दकिशोर राठी लगायतको पनि सहभागिता रहेको थियो ।

त्यसैगरी समाजसेवी मोहनलाल शर्मा, बेनी गोपाल मुन्दडा, चम्पालाल राठी, मोहनलाल कोठारी, पृथ्वी अग्रवाल, मुलचन्द तापडिया, ओम प्रकाश अग्रवाल, देवेन्द्र सेठिया, देवकीनन्दन अग्रवाल, तेरापन्थसभाका अध्यक्ष सतिश दुगड, जुगलकिशोर राठी, जयकमल अग्रवाल लगायत मारवाडी समुदायका अग्रजहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा मारवाडी युवा मञ्चका अध्यक्ष मोहित लालवानीले साताव्यापी कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

View : 302

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved