Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

पाथीभराको नाममा सहयोग सङ्कलन रोक्न जिल्ला प्रशासन कार्यालय मोरङलाईआग्रह

उद्घोष सम्वाददाता
१६ असोज २०८१, बुधवार

ताप्लेजुङ, १६ असोज । पाथीभरा क्षेत्र विकास समितिले पाथीभराको नाममा भइरहेको आर्थिक सहयोग सङ्कलनको निगरानी र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई अनुरोध गरेको छ ।

क्षेत्र विकास समितिले मङ्गलबार पत्र पठाइ सहयोग सङ्कलनबारे निगरानी गर्न अनुरोध गरेको हो । समितिका अध्यक्ष रक्की थेबेले जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्र पठाइ पाथीभराको नाममा आर्थिक सहयोग सङ्कलनको गलत अभ्यास भइरहेको जानकारी गराएको छ ।

पत्रमा मोरङ जिल्लामै पाथीभरा मन्दिर निर्माण गर्ने भनी अवैध रूपमा सहयोग सङ्कलन भइरहेको जानकारी प्राप्त भएको उल्लेख छ ।

यस किसिमको कार्यले जनमानसमा भ्रम फैलाउनुका साथै आर्थिक अनियमितताको खतरासमेत रहेको समितिको भनाइ छ ।

समितिले पाथीभराको नाममा भइरहेका यस्ता गतिविधि तुरुन्त रोक्न जिल्ला प्रशासन मोरङलाई आग्रह गरेको हो ।

स्थानीय तह र सम्बन्धित निकायको सहकार्यमा यस्ता कार्यको छानबिन गरी रोकथाम गर्न र दोषीमाथि कारबाही गर्न समितिको माग छ ।  रासस

View : 92

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved