विराटनगर । पुष्पलाल स्मारक समिति विराटनगरले केही व्यक्तिहरूले पुष्पलाल चोकमा रहेको प्रतिमा तोडफोड गरी स्मृति भवनमा तालाबन्दी गरेको भन्दै सरकारसँग सुरक्षाको माग गरेको छ ।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै समितिका अध्यक्ष केशवप्रसाद गौतमले विराटनगर–३ र बुढीगंगा गाउँपालिका–१ को सिमानामा रहेको पुष्पलालको प्रतिमामा क्षति पु¥याइएको र पुष्पलाल स्मृति भवनमा ताल्चा लगाइएको जानकारी दिए ।
विज्ञप्तिमा ती व्यक्तिहरूले समितिका पदाधिकारीहरूको घरमै गएर भवन हस्तान्तरण गर्न धम्कीपूर्ण भाषा प्रयोग गरेको आरोप पनि लगाइएको छ ।
वि.सं. २०४६ सालको जनआन्दोलनका प्रणेता कम्युनिस्ट नेता पुष्पलालको सम्मानमा संयुक्त जनआन्दोलनका अगुवा नेपाली कांग्रेस र बाममोर्चाको नेतृत्वमा चोकको स्थापना गरी प्रतिमा राखिएको विज्ञप्तिमा उल्लेख छ ।
वि.सं. २०५१ सालमा तत्कालीन सरकारबाट १४ धुर जग्गा प्राप्त गरी नेपाल सरकार र जनसहयोगबाट भवन निर्माण गरिएको र त्यसपछि हरेक वर्ष पुष्पलाल दिवस मनाउँदै सामाजिक कार्यहरू गर्दै आएको समितिले जनाएको छ ।
विज्ञप्तिमा, ‘केही व्यक्तिहरूबाट यस वैधानिक संस्थाको अस्तित्व मेटाउने प्रयास भएकोले त्यस कार्यप्रति आपत्ति जनाउँदै यस संस्थाको संरक्षणका लागि स्थानीयवासी तथा सरोकारवालाहरू समक्ष सहयोग गर्न हार्दिक अपिल गर्दछौं’ भनिएको छ ।
समितिको एक टोली सोमबार नै जिल्ला प्रशासन कार्यँलय गई सो संस्थाको सुरक्षा गर्न अनुरोध गरिएको अध्यक्ष गौतमले बताए ।
View : 279
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved