Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

‘वीपीको विचार भुल्दा कांग्रेस कमजोर’

उद्‌घोष संवाददाता
७ साउन २०८२, बुधवार

विराटनगर । वीपी कोइरालाको विचार र सिद्धान्तलाई भुल्दै गएका कारण पार्टी कमजोर हुँदै गएको नेपाली कांग्रेसकै नेताहरुले बताएका छन् । 

वीपी कोइरालाको ४३ औं स्मृति दिवसका अवसर पारेर नेपाली कांग्रेस मोरङले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले वीपीको आदर्श, सिद्धान्त र विचारलाई आत्मसाथ गरेर अगाडि बढे कांग्रेसलाई कसैले हराउन नसक्ने दाबी गरे । 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वीपीले अघि सारेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तलाई कांग्रेसले भुलेको बताइन् । 

वीपीको सिद्धान्त र आदर्श भुलेकै कारण कांग्रेसभित्र व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै गएको उनको भनाइ थियो । अहिले पार्टीभित्र र सत्तामा सुकिलामुकिलाहरुकै दबदबा रहेको उनको गुनासो थियो ।

कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले अब कांग्रेसलाई नयाँ सोच र विचारबाट अगाडि बढाउनु आवश्यक रहेको बताए ।

वीपीले अघि सारेका आदर्श, विचार र सिद्धान्तलाई मात्रै आत्मसाथ गरे कांग्रेसले जुनसुकै निर्वाचनमा पनि सहज रुपमा जित हासिल गर्ने उनको भनाइ छ ।

अर्का केन्द्रीय सदस्य भीम पराजुलीले वीपीले प्रतिपादन गरेका सिद्धान्तलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली कांग्रेस मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू, उपसभापति भक्तिनाथ माझी, सचिव मोदराज घिमिरे, पूर्वकोषाध्यक्ष गोपाल थापा, महिला नेतृ शान्ता रिजाल, विराटनगर कांग्रेसका सभापति दीपक चापागाईं लगायतले वीपीले देखाएको बाटोमा हिंडाउन सके कांग्रेसलाई कसैले परास्त गर्न नसक्ने विचार राखेका थिए ।

View : 536

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved