विराटनगर । घरेलु तथा साना उद्योग महासंघको महिला उद्यमी समितिद्वारा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा विराटनगरमा चार जना सम्मानित भएका छन् ।
सम्मानित हुनेहरुमा उद्यमीद्वय भगवती श्रेष्ठ र लीलादेवी रिजाल, समाजसेवी शान्ति पाख्रिन र खेलाडी दीपा अधिकारी छन् ।
महिला उद्यमी समिति अध्यक्ष अमिता भण्डारी, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, महिला तथा बालकालिका महाशाखाकी प्रमुख दुर्गा बरालले उनीहरुलाई सम्मान गरेका थिए ।
View : 570
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved