Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

सिटौलाले दुईपटक हारेको क्षेत्रमा उम्मेद्वारको लर्को

उद्‌घोष संवाददाता
२५ मंसिर २०८२, बिहिवार

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र झापा ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वारको लर्को लागेको छ । 

झापा ३ बाट कांग्रेसले प्रत्यक्षतर्फ आठ जनाको र समानुपातिकतर्फ ११ जनाको नाम सिफारिश गरेको क्षेत्रीय सभापति गणेश पोखरेलले जानकारी दिए ।

यसअघि २०७४ र २०७९ को निर्वाचनमा यो क्षेत्रमा सिटौला राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग पराजित भएका थिए । अहिले सिटौला राष्ट्रियसभामा छन् ।

राष्ट्रिय सभामा रहेका कारण उनको नाम सिफारिश भएन । तर, सिफारिश भएकाहरुमा अधिकांश उनी निकटकै छन्न् भने सिटौला पुत्रको नाम पनि सिफारिश भएको छ ।

भद्रपुर नगरपालिकाका मेयरसमेत रहेका क्षेत्रीय सभापति पोखरेलका अनुसार सिफारिश गरिएका उम्मेद्वारको १ नम्बरमा नविन विमली छन् । हाल कांग्रेस झापाका सचिव रहेका युवा नेता विमली सिटौलाका निकट व्यक्ति हुन् ।

प्रत्यक्षतर्फ सिफारिसमा परेका अन्य उम्मेद्वारहरुमा भगिरथ पोद्धार, शर्मिला अधिकारी, टीकाराज ढकाल, सीताराम खड्का, श्यामप्रसाद सिटौला, राजेन्द्र घिमिरे र देउप्रसाद लाबुङको नाम सिफारिस गरिएको छ । 

छैठौं नम्बरमा सिफारिस गरिएका श्यामप्रसाद सिटौला कृष्ण सिटौलाका छोरा हुन् ।

चौथो नम्बरमा सिफारिश गरिएका टीकाराज ढकाल उद्योगी चण्डीराज ढकालका भाइ हुन् । झापा–३ मा समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस भएको छ । जसको १ नम्बरमा सुशीला ढकालको नाम छ । लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय उनी उद्योगी ढकालकी बहिनी हुन् । 

समानुपातिकतर्फ सिफारिश भएका अन्यमा हरिकृष्ण घोष, खड्ग राजवंशी,वडाराम हेमरम, सीतादेवी भट्टराई, लता कार्की, उर्मिला गौतम, कृष्णकली राजवंशी, सेलेतुन खातुन, लालबहादुर कन्दङ्वा र शिला तामाङ छन् ।

View : 235

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved