Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
प्रविधि

मोरङ क्याम्पसमा रोबोटिक्स मेला: रोबो रेसमा पोखरिया, बूढानीलकण्ठ, भानु, केके, धरान उच्च र ग्रीनपिस विजयी

उद्घोष सम्वाददाता
१५ माघ २०८०, सोमवार

विराटनगर । रोबोटिक्स एसोसिएसन अफ नेपाल (पूर्व) को आयोजनामा आइतबार भएको रोबो दौड (रेस)मा विराटनगरका पोखरिया, बूढानीलकण्ठ, भानु, धरानको केके इन्टरनेश्नल, धरान उच्च मावि  र ग्रीन पिस एकेडमी एकेडेमी विजयी भएका छन् । 

रोबोटिक्स एसोसिएसनको महेन्द्र मोरङ क्याम्पस विराटनगरमा आयोजित विज्ञान र प्रविधि अन्तर्गतको रोबोटिक्स मेलामा रोबो दौड प्रतियोगिताका लागि कुल १७ विद्यालयले आवेदन दिएकोमा पहिलो दिन १२ विद्यालय सहभागी थिए ।

कक्षा १२ सम्मका विद्यार्थी सहभागी रोबो प्रतियोगितामा ग्रेडेडलाई पोखरिया माविले, सिद्धार्थलाई बूढानीलकण्ठले, शुष्मा गोदावरीलाई धरान उच्च माविले, दिल्ली पब्लिकलाई भानुले, सत्यनारायणलाई ग्रीनपिसले र एजेलियालाई केके इन्टरनेशनलले हराएको हो ।

सोमबार बाँकी प्रतियोगी बीचबाट विजयी भएका र आइतबार विजयी भएका ६ टोली बीच प्रतियोगिता हुने इञ्जिनियर युयुत्सु बञ्जराले बताए ।

महेन्द्र मोरङ क्याम्पसका प्रमुख डा रामावतार शरणद्वारा उद्घाटन गरेको  ‘कोशी मिनि यन्त्र टु प्वाइन्ट ओ’ नाम दिइएको सो मेलाको बारेमा रोबोटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ई विकास गुरुङ, पूर्व (कोशी प्रदेश) अध्यक्ष ई विनिलराज अधिकारी, प्राडा अशोक कुमार, स्ववियु अध्यक्ष जसवन्त पौडेलले मन्तव्य राखेका थिए ।

स्ववियु महेन्द्र मोरङ क्याम्पसको सहकार्यमा भएको सो मेलामा विद्यार्थी संगठनसँग विज्ञान र प्रविधिका बारेमा अन्तरक्रिया गरिएको छ ।

सोमबार रोबो रेस फाइनल प्रतियोगिताका साथै सरोकारवालासँग स्टुडेन्ट फर लिवर्टी नामक अन्तर्राष्ट्रिय रोबोटिक्स संस्थाको ‘लिभिङ प्रिडम एण्ड प्राइभेसी इन डिजिटल एरा’ विषका साथै सूचना र प्रविधिका विद्यार्थी र पाठ्यक्रम विषयमा भएका अन्तरका बारेमा अन्तरक्रिया हुने छ ।

यसका साथै कृषि सम्वन्धी १९ वटा टोलीले आफ्नो परियोजना पदर्शनी गरिरहेको जनाइएको छ । मेलामा अन्तररिक्षको अवलोकन गर्ने व्यवस्था पनि छ ।

View : 65

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved