Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

पुस्याटका विद्यार्थीको स्वागत तथा विदाई

उद्‌घोष संवाददाता
११ साउन २०८२, आइतवार

Advertisement

विराटनगर । पुस्याट कलेज विराटनगरले विद्यार्थीका लागि आइतबार स्वागत तथा विदाइ कार्यक्रम गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत पूवि स्कुल अफ सायन्स एण्ड टेक्नोलोजी (पुस्याट) को विभिन्न कार्यक्रममा भर्ना भएका एक सय ५० नया“ विद्यार्थीका लागि स्वागत तथा पढाइ सकेकाका लागि विदाइ कार्यक्रम गरिएको हो । 

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा बिजु थपलिया, विज्ञान तथा प्रविधि संकायका निमित्त डीन मनोज हलवाई, पुस्याटका निर्देशक एवम् क्याम्पस प्रमुख डा नरेश शाह, व्यवस्थापन संकायकी सहडीन सोनिला शाक्य, जनता क्याम्पसका  प्रमुख महेश निरौला, पूवि प्राध्यापक संघका उपाध्यक्ष जीवन थापा , व्यवस्थापन क्याम्पसका प्रमुख डा रमाकान्त दास, राखी श्रीवास्तव लगायतले शैक्षिक उन्नयन र पठनपाठनमा पूवि अब्बल रहेको बताएका थिए ।

उनीहरुले विदाइ भएको विद्यार्थीलाई आफूले सिकेको कुरा व्यवहारमा प्रयोग गर्न सुझाव दिएका थिए । सो अवसरमा विद्यार्थीहरुले पनि मन्तव्य राख्नुका साथै नृत्य लगायत मनोरञ्जनात्मक प्रस्तुती गरेका थिए ।
  
 

View : 764

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved