Biratnagar, Morang, Nepal
४ जेठ २०८२, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीको बजेट अधिवेशन आजबाट

उद्‌घोष सम्वाददाता
४ जेठ २०८२, आइतवार

विराटनगर । कोशी प्रदेश सभाको सातौं तथा बजेट अधिवेशन आज (आइतबार) देखि सुरु हुँदैछ । 

अपरान्ह २ बजे सातौं अधिवेशनको पहिलो बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएका बैठक आह्वान लगायतका पत्रहरू पढेर सुनाइने छ । 

त्यस्तै सरकारले ल्याएको ‘केही प्रदेश ऐनलाई संसोधन गर्न बनेको अध्यादेश २०८२’ सभामा टेबुल हुने जनाइएको छ ।

सातौं अधिवेशनको पहिलो बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको तर्फबाट धारणा राख्ने कार्यसूची रहेको प्रदेश सभाका कार्यवाहक प्रदेश सभा सचिव गौतमराज अमात्यले बताए ।

View : 54

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved