घर निर्माण प्रर्दशनी
विराटनगर । विराटनगरमा बिहीबारदेखि सुरु भएको घर निर्माण प्रर्दशनीको ‘टाइटल स्पोन्सर’ रहेको ‘नेमाटो’ स्वदेशी टायल्समा नेतृत्वदायी उत्पादनका रुपमा उदाएको छ ।
अरिहन्त इन्फ्रास्ट्रक्चर प्रालिले एक वर्षअघि मात्रै उत्पादन सुरु गरेको नेमाटो टायल्स अहिले नेपालभरि बिक्री हुने अग्रणी टायल्स मात्रै बनेको छैन, भारत समेत निर्यात भइरहेको छ ।
‘नेमाटो नेपाली माटोबाटै बनेको नेपाली टायल्स हो’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत जयश लुनियाले भने, ‘उत्पादनको एक वर्षमै हाम्रो ब्राण्डको टायल्स विदेश निर्यात गर्ने पहिलो कम्पनी बनिसकेका छौं ।’
नेमाटो ब्राण्डको फ्लोर टायल्सको सबैभन्दा प्रमुख विशेषता पानी आफूसँग सोचेर नराख्ने हो ।
यसले गर्दा चिप्लिने, लडिने सम्भावना कम हुन्छ । त्यस्तै यो टायल्स कोरिदैन ।
अत्यधिक तापलाई सहन सक्ने क्षमता यो टायल्समा रहेको छ । साथै, कुनै पनि कारणले नबांगिने लुनियाले जानकारी दिए ।
दुहबी नगरपालिका–८ सोनापुरमा रहेको उद्योगबाट उत्पादित नेमाटो टायल्स अहिले विदेश निर्यात हुने प्रतिस्पर्धी टायल्स ब्राण्ड बनेको छ । यो ब्राण्डको अधिकृत विक्रेता भने विराटनगरकै विकास मार्बल्स प्रालि रहेको छ ।
नेमाटो अग्रणी टायल्सले उद्योगका रुपमा मात्रै स्थापित नभई कोशी प्रदेशको खेलकुददेखि अन्य क्षेत्रलाई समेत अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
View : 245
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved