विराटनगर । नेपाल घर जग्गा व्यवसायी संघको अध्यक्षमा कर्ण बहादुर रायमाझी चयन भएका छन् । शनिबार सम्पन्न भएको पाँचौँ साधारण सभाले रायमाझीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको जनाइएको छ ।
संघको बरिष्ठ उपाध्यक्षमा भरतराज दाहाल, उपाध्यक्षमा मात्रिका भट्टराई, महासचिवमा छवि फुयल, प्रवक्तामा राजेन्द्र प्रसाद खनाल, सचिवमा कृष्ण बहादुर थापा र कोषाध्यक्ष ज्ञानेन्द्र कुमार बस्नेत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा फडिन्द्र निरौला, भवानी आचार्य, शान्तिराम खनाल, विमल भट्टराई, विक्रम थपलिया, लक्ष्मी प्रसाईँ, शंकर साह, प्रभु साह र अभिषेक गजमेर सर्वसम्मत चयन भएको जनाएको छ ।
संघको महिला उपाध्यक्ष, ५ जना सदस्य र सल्लाहकार समितिका सदस्यहरू भने पछि मनोनित गर्ने जनाइएको छ ।
साधारण सभाले तुलसीप्रसाद पोखरेललाई प्रमुख सल्लाहकार चयन गरेको छ । सल्लाहकारहरूमा गोपाल कटुवाल, रामकुमार राठी, गणेश थापा, जितेन्द्र बुढाथोकी, किसन लोहिया, हेमकरण दुगड, कमलेश अग्रवाल, त्रिलोक शर्मा, कुमार खड्का, हरि अग्रवाल र रमेश इनानी रहेको जनाइएको छ ।
तत्कालीन अध्यक्ष घनश्याम पोखरेलको अध्यक्षतामा आयोजित साधारण सभाको उद्घाटन कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले गरेका थिए ।
साधारण सभालाई नेपाल घर जग्गा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष महासंघ केन्द्रीय अध्यक्ष भेषराज लोहनी, बरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा, महासचिव विष्णु प्रसाद घिमिरे लगायतले शुभकामना दिएका थिए ।
साधारण सभाले विधान संसोधन गरी नाम परिवर्तन गर्ने, कार्यसमितिलाई २१ सदस्यीय बनाउने लगायतका निर्णय गरेको निर्वतमान अध्यक्ष पोखरेलले बताए । साथै अक्षय कोष स्थापना, गलत कारोबार गर्ने व्यवसायीहरूलाई कारवाही लगायतका विषयमा समेत साधारण सभाले निर्णय गरेको उनले बताए ।
साधारण सभामा मोरङको घरजग्गा कारोबार हुने मुख्य क्षेत्र बेलबारी, रंगेली र विराटनगरबाट करिव साढे तीन सय व्यवसायी सहभागी रहेको जनाइएको छ ।
View : 213
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved