Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

मुख्य योग शिक्षक प्रशिक्षणमा सहभागी टोली नेपाल फर्कियो

मुख्य योग शिक्षक प्रशिक्षणमा सहभागी टोलीलाई स्वामी रामदेव, आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण, साध्वी देवादिती, नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्र लगायतका वरिष्ठ योग गुरुहरूले प्रशिक्षण दिएका थिए ।
उद्‌घोष संवाददाता
२९ कार्तिक २०८२, शनिवार

विराटनगर ।  पतञ्जली योगपीठ हरिद्वारमा आयोजित सातदिने मुख्य योग शिक्षक प्रशिक्षण शिविरमा सहभागी भएर विराटनगर महानगरको टोली शनिबार विराटनगर आइपुगेको छ ।

 कार्तिक २१ गतेदेखि २७ गतेसम्म भारतको उत्तराखण्डस्थित पतञ्जली योगपीठ हरिद्वारको समृद्ध ग्राममा आवासीय मुख्य योग प्रशिक्षण आयोजना गरिएको थियो सो प्रशिक्षणमा विराटनगर महानगर समितिका अध्यक्ष माधव अधिकारी र पतञ्जली योग समिति मोरङका अध्यक्ष जयधर्म आचार्यसहित जिल्लाबाट जम्मा ४० जना सहभागी भएका थिए ।

प्रशिक्षणमा योगऋषि स्वामी रामदेव, आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण, साध्वी देवादिती, नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्र लगायतका वरिष्ठ योग गुरुहरूले प्रशिक्षण दिएका थिए ।

समापन समारोहमा आचार्य बालकृष्णले नेपालको वर्तमान अवस्थाका कारण देश पछि परेकोमा दुःख व्यक्त गरे । उनले ‘हामीले नेपाल र नेपालीकै लागि केही गर्न खोजेका हौं, तर कमिशन र भ्रष्टाचारले गर्दा कुनै पनि काम अगाडि बढ्न सकेन,’ भनी आफ्नो धारणा राखे ।

त्यसैगरी, नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्रले पतञ्जलीले नेपालमा केही गरौं भनेर जग्गा लिएको भए पनि राजनीतिक प्रतिशोधका कारण मुद्दा हालेर कामलाई अगाडि बढ्न नदिएको बताए । उनले ‘न सरकारी पैसा, न त सरकारी जग्गाको अपचलन नै हो, पतञ्जलीकै पैसाबाट नेपालमै केही गरौं भन्दा पनि विभिन्न समूहले रोक्नुले हाम्रा नेताहरूले योग र आयुर्वेदलाई बुझ्न नसकेकोमा दुःख लाग्छ,’ भनी आफ्नो भनाइ राखे ।

प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य लवराज भट्ट, लोकनाथ खनाल, कोशी प्रदेश प्रभारी मिस्टरप्रसाद चौधरी, आजीवन सदस्य चन्द्रमणि गुरागाईं लगायतको सहभागिता र थियो । दोस्रो लामो  प्रशिक्षण कार्यक्रममा  कोशी प्रदेश, मधेश प्रदेश , गण्डकी   प्रदेश  कर्णाली  प्रदेश र कञ्चनपुर जिल्ला गरी ५ सय  जनाको सहभागिता थियो ।
 

View : 436

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved