Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेस आधिकारिता विवाद :

विगतका निर्णय र नजिर आयोगलाई कार्यवाहक सभापति खड्काको आग्रह

उद्‌घोष संवाददाता
२ माघ २०८२, शुक्रवार

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा देखिएको विवाद निर्वाचन आयोगका विगतका निर्णय र नजिरका आधारमा छिटो समाधान गर्न आग्रह गरेका छन् । 

कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका अधिकांश पदाधिकारी र सदस्यसहित आज आयोगमा पुगेका उनले पार्टीका कागजात बुझाउँदै समस्या समाधानका लागि आग्रह गरेका हुन् । 

कार्यवाहक सभापति खड्काले दल विभाजनका सन्दर्भमा आयोगका विगतका निर्णय र नजिर विपरीत कांग्रेस आधिकारिकताको टुंगो लगाएमा त्यो मान्य नहुने स्पष्ट पारे ।

उनले कांग्रेसका विषयमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारका आधारमा आफूहरू आयोगमा आएको भन्दै विशेष महाविधवेशनका सन्दर्भमा ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग गरे । 

कांग्रेस नेता डा शेखर कोइरालाले लोकतान्त्रिक पद्धतिअनुसार पार्टी आधिकारिकताको निर्णय हुने विश्वास व्यक्त गर्दै सिंगो केन्द्रीय समिति उपस्थित भएर अनुरोध गरेको जानकारी गराए ।

कुनै आयुक्तले टुँडिखेलमा गएर निर्वाचन कार्यक्रम सुरु गरेर आधिकारिकता नपाउने उल्लेख गर्दै उनले कांग्रेसको विवादबारे आधिकारिकता निर्णय पनि सोही आधारमा हुने विश्वास व्यक्त गरे ।

दस्ताबेज ग्रहण गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विधि र पद्धतिमा रहेर आयोगले निर्णय गर्ने बताए । उनले निर्वाचनका सबै कार्यक्रममा सक्रिय सहभागिताका लागि पनि अनुरोध गरेका थिए ।

View : 71

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved