Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

विराट ट्रेड एक्स्पो २०२५

डेल्टा टायरले दिंदैछ ३० प्रतिशतसम्म छुट

उद्‌घोष संवाददाता
१७ पुष २०८२, बिहिवार

विराटनगर । विराट ट्रेड एक्स्पो २०२५ मा स्वदेशी टायर उद्योग ग्रीन टायर प्रालिले उत्पादन गरेको डेल्टा टायरमा ३० प्रतिशतसम्म छुट दिंदै आएको छ । 

ग्रीन टायरले दुई चक्के र तीन चक्के सवारी साधनका लागि डेल्टा टायर उत्पादन गर्दै आएको छ । त्यस्तै चार चक्के सवारी साधनका लागि शेर्पा ब्राण्डको टायर उत्पादन गरी नेपालभरि बिक्री वितरण भइरहेको जनाइएको छ ।

एक्स्पोमा रहेको टायरको प्रवद्धर्नात्मक स्टलमा यस कम्पनीको उत्पादनबारे अवलोकनकर्ताहरूले जानकारी लिंदै आएका छन् । 

टायर खरिदनै गर्न चाहनेहरूले भने विराटनगरको मेनरोडस्थित सेन्ट्रल मलअगाडि रहेको अफिसबाट थप जानकारी पाउने र कोशी राजमार्गको सातघुम्ती रोड प्रवेश गर्ने सडकको पश्चिमपट्टि रहेको जयराम टायरबाट सुपथ मूल्यमा खरिद गर्न पाउने जनाइएको छ ।

ग्रीन टायर प्रालिले स्कुटरदेखि मिनीबस र जेसीबीसम्मका लागि आवश्यक बलियो टायर उत्पादन गरी देशभरि विक्री वितरण गर्दै आएको सेल्स पर्सन निश्मा क्षेत्रीले बताइन् ।

उनले मोटरसाइकलको टायर खरिद गर्दा २० प्रतिशत, सिटीसफारीको टायरमा ३० प्रतिशत, ठूला उपकरण र गाडीको टायरमा १० प्रतिशत छुट दिइदै आएको जानकारी दिइन् । 

त्यस्तै विराट एक्स्पोभित्र रहेको ग्रीन टायरको स्टलमा गेम खेलेर लक्की ड्रमा रकम जितेमा जयराम टायरबाट टायर खरिद गर्दा उक्त रकम छुट प्राप्त हुने उनले जानकारी दिइन् ।

१० वर्ष भन्दाबढी समयदेखि स्वदेशी टायर उद्योगका रुपमा मोरङको कटहरीमा ग्रीन टायर उद्योग सञ्चालित छ । यस टायर कम्पनीबाट उत्पादित टायरले आईएसओ चिन्हको समेत मान्यताप्राप्त गरिसकेको जनाइएको छ । 

स्कुटर, मोटरसाइकल, सिटीसफारी, अटो, मिनीबस, ट्«याक्टर र जेसीबीका टायर सुपथ मूल्यमा पाइने जनाइएको छ ।

View : 36

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved