Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेश सभा सार्न कटहरीस्थित तरकारी थोक बजारको सरसफाई (फोटो)

उद्‌घोष संवाददाता
१९ कार्तिक २०८२, बुधवार

विराटनगर । जेनजी आन्दोलनकारीले कोशी प्रदेशको प्रदेशसभा सचिवालय र सभाहल आगजनी गरेका कारण ध्वस्त भएपछि मोरङको कटहरी गाउँपालिका–१ स्थित फलफूल तथा तरकारी थोक बजार केन्द्रको भवनमा सार्ने तयारी तीब्र पारिएको छ । 

बुधबार कोशी प्रदेश प्रदेश सरकारले कटहरी गाउँपालिका समेतको सहमतिमा उक्त भवन संरचनामा प्रदेश सभा सार्न निर्णय गर्ने जनाइएको हो । 

प्रदेशसभा सचिवालय सर्ने निश्चित भएपछि कर्मचारीहरूले फलफूल तथा तरकारी थोक बजारको भवन परिसरमा सरसफाई सुरु गरेका छन् । 

यहाँ रहेको एउटा भवनमा सचिवालय राखिने र एउटामा सभाहल निर्माण गरिने कोशी प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिए ।

प्रदेश सभा संचालनका लागि कटहरी गाउँपालिकाको स्वामित्वमा रहेर संरक्षण गर्दै आएको कृषि थोक बजारभित्रका संरचना प्रदेश सरकारलाई जिम्मा दिइएको कटहरी गाउँपालिकाले जनाएको छ ।

यहाँ साप्ताहिक कृषि हाट समेत लाग्दै आएको जनाइएको छ ।

View : 298

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved