Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

नवजात शिशुलाई उपहार

विराटनगरको मेट्रो न्यूरो मकालु अस्पतालमा रहेका नवजात शिशुका सुत्केरी आमालाई उपहार दिएर नयाँ सेवा सुरू गरेको हिमालयले प्रदेशभरी उपहारका कार्यक्रम लैजाने भएको छ ।
उद्‌घोष संवाददाता
७ मंसिर २०८२, आइतवार

शिशुका लागि उपहार दिंदै दाहाल । तस्वीर : उद्घोष

Advertisement

विराटनगर । सुत्केरीलाई उपहार दिने चलन पुरानो भएकाले एक अन्तर्राष्ट्रिय कम्पनीले जवजात शिशुलाई उपहार दिन थालेको छ । हिमालय वेलनेश कम्पनीले कोशी प्रदेशका लागि विराटनगरबाट यस्तो उपहार सुरू गरेको छ ।

नवजात शिशुका लागि अति आवश्यक र जाडो महिनामा चाहिने वस्तु सुत्करी आमालाई अस्पतालमै गएर दिने गरिएको छ । 

विराटनगरको मेट्रो न्यूरो मकालु अस्पतालमा रहेका नवजात शिशुका सुत्केरी आमालाई उपहार दिएर नयाँ सेवा सुरू गरेको हिमालयले प्रदेशभरी उपहारका कार्यक्रम लैजाने भएको छ ।

उपहारमा शिशुलाई गरिने मसाज तेल, पाउडर, सेम्पो, साबुनलगायतका सामग्री छन् ।

हिमालय कम्पनीका प्रतिनिधि सुबोध दाहालले अस्पतालको शय्यामा रहेका शिशुलाई उपहार दिंदै आमा र बच्चाको स्वास्थ्य लाभको कामना गरे । ‘कम्पनीको मानवीय सेवा गर्ने उद्देश्यलाई पूरा गर्न शिशु र सुत्केरीलाई खुसी बनाउन अस्पतालमै गएका हौं’ दाहालले भने । 

मेट्रो न्युरो अस्पतालका मेट्रोन ममता महतले उपहार दिने कम्पनीलाई सम्मान गर्दै नेपालका सबै शिशुसम्म उपहार पुग्नु पर्ने माग गरिन् ।

हिमालय कम्पनीले नर्सहरूलाई पनि सम्मान गर्दै आएको छ । अस्पतालमा रहेर शिशुको स्याहारमा २० वर्ष कटाएका नर्सिङ कर्मचारीलाई सम्मान गर्दै आएको कम्पनीले नर्सिङ स्वास्थ्य कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । 

दाहालका अनुसार नवजात शिशुको स्वास्थ्यमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नु पर्ने विषयमा नर्सिङ स्वास्थ्य कार्यक्रम चलाइने गरिएको छ । 

शिशु स्वास्थ्यका लागि सबै आवश्यक वस्तु उत्पादन गर्दै आएको हिमालयले सामाजिक कार्यमा पनि लगानी गर्दै आएको दाहालले बताए ।

View : 499

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved