विराटनगर, १ मंसिर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले चीनको यिउ सहरमा भएको युनाइटेड सिटिज् एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक (यूसीएलजी) को कंग्रेस (महाधिवेशन) लाई नेपालका तर्फबाट सम्बोधन गरेका छन् ।
चीन भ्रमणमा रहेका मेयर कोइरालाले यूसीएलजीको नवौं कंग्रेसलाई सम्बोधन गरेका हुन् ।
सो क्रममा मेयर कोइरालाले नेपालको स्थानीय सरकार सञ्चालनका समस्या, चुनौती र अवसरका विषयमा केन्ऽित रहेर विचार राखेको जनाइएको छ । उनले नेपालको संविधानअनुसार स्थापित स्थानीय, प्रदेश र संघीय सरकारको आ–आˆनै विशेषता र क्षेत्राधिकार रहेको बताए ।
स्थानीय सरकारसित जनताको सिधै पहुाच हुने भएकाले स्थानीय सरकारसित जनताको धेरै आशा हुने उनको भनाई थियो ।
यस्तै उनले यूसीएलजीको प्रभावकारिता अझै बढाउादै लानुपर्नेमा जोड दिए । युसीएलजीको कंग्रेसमा सहभागी हुन मेयर कोइराला कात्तिक २५ गते चीन प्रस्थान गरेका थिए ।
View : 184
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved