सुनसरी । नेपाल जेसिजको अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । इटहरीमा सम्पन्न भएको नेपाल जेसिजको ५१ औं महाधिवेशनमा प्रतिष्पर्धी जीवन कार्कीलाई ३०९ को फराकिलो मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएकी हुन् ।
थापाले ७६२ मत प्राप्त गर्दा कार्कीले ४५३ मत मात्र प्राप्त गरे । महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भए पनि सहमति हुन नसके पनि निर्वाचन भएको थियो । अध्यक्ष पदमा ५ जना आकांक्षी भए पनि सोमबार राति २ जनाका बीचमा चुनाबी प्रतिस्पर्धा भएको हो ।
कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् । उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, सुमित्रा भट्टराई, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् ।
नेपाल जेसिजको दोस्रो पटकको प्रयासमा निर्वाचित थापा विसं २०६८ सालमा साधारण सदस्यको रूपमा जेसीजमा प्रवेश गरेकी थिइन ।
उनी सन् २०१२ मा उपाध्यक्ष, सन् २०१३ मा कार्यकारिणी उपाध्यक्ष, सन् २०१४ मा कोषाध्यक्ष, सन् २०१५ मा वरिष्ठ कार्यकारिणी उपाध्यक्ष, सन् २०१६ मा तालिम संयोजक, सन् २०१७ मा कार्यक्रम कार्यान्वयन संयोजक, सन् २०१८ मा व्यवसायिक उत्थान संयोजक हुँदै सन् २०१९ मा मनहरा जेसीजको अध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन् ।
थापा २०७४ मा मनोहरा नगरपालिकाको उपमेयर र २०७९ को स्थानीय निर्वाचनमा मेयरमा पराजित भएकी थिइन् । रामेछापका जीवन कार्की नयाँ उम्मेदवार हुन् ।
View : 85
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved