विराटनगर : जनता समाजवादी पार्टी (जसपा) मोरङको जिल्ला कार्यसमिति पुनर्गठन गरिएको छ ।
पार्टीको हालै सम्पन्न विधान अधिवेशनबाट पारित नयाँ विधान अनुसार जिल्ला कार्यसमिति पुनर्गठन गरिएको जसपाका कोशी प्रदेश सचिव एवं मधेश राष्ट्रिय समितिका इञ्चार्ज अनिलकुमार ठाकुरले जानकारी दिए । बिहीबार बसेको वैठकले राजकुमार यादवको अध्यक्षतमा ५७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
पुनर्गठित समितिको उपाध्यक्षद्वयमा महेश्वर यादव र मन्तलाल यादव, सचिवमा राछामी किराँती, उपसचिवमा दिनेशकुमार साह, विनोद सिंह र कोषाध्यक्षमा विनिताकुमारी सिंह चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा दिलीपकुमार चौधरी, राम यादव, मोहमद हकमुदिन, नागेश्वर यादव, जितनारायण साह, जगत चेम्जोङ, धर्मराज लिम्बू, हुस्ना बानो, कुशेश्वर राजवंशी, बालदेव यादव, रमेश यादव, राकेशरोशन यादव, गंगाप्रसाद यादव, नथुनीप्रसाद सिंहलगायत छन् ।
जसपाका कोशी प्रदेश सचिव एवं मधेश राष्ट्रिय समितिका इञ्चार्ज अनिलकुमार ठाकुरको अध्यक्षता बसेको वैठकमा जसपाका केन्द्रीय सदस्य तथा प्रदेश सहइञ्चार्ज रामबिलास यादव, पूर्व मन्त्री जयराम यादव लगायतको सहभागिता थियो । बैठकले जिल्ला सदस्य राकेशरोशन यादवलाई जिल्ला कार्यसमितिको प्रवक्ता तोकेको छ ।
View : 198
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved