Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

अख्तियारमा सबैभन्दा बढी उजुरी स्थानीय तहका

उद्घोष सम्वाददाता
२९ माघ २०८०, सोमवार

सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले गत आर्थिक वर्षमा ६९.१३ प्रतिशत प्रगति हाँसिल गरेको छ ।

आयोगको कार्यालयले ३३ औं स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा गत आर्थिक वर्षमा प्रारम्भिक छानविनतर्फ जम्मा २ हजार ४ सय ७ उजुरी रहेकोमा सो मध्ये १ हजार ६ सय ६४ फर्छ्यौट हुँदा ६९.१३ प्रतिशत प्रगति हाँसिल भएको जनाएको हो ।

जसमध्ये १ सय ५५ वटा उजुरीहरुमा विस्तृत अनुसन्धान अधिकृत तोकिएको, ८ सय ७३ वटा उजुरी तामेलीमा राखिएको, १४ वटा उजुरी उपर सुझाव दिइएको र ६ सय २२ वटा उजुरी उपर कानून बमोजिम अन्य आवश्यक कारवाहीको लागि विभिन्न निकायमा लेखी पठाइएको जनाइएको छ । 

गत आवमा फर्छ्यौट हुन बाँकी रहेका ७४३ उजुरीहरु चालु आव ०८०–८१ मा जिम्मेवारी सरेर आएको आयोगका इटहरी कार्यलय प्रमुख सुरेश न्यौपानेले बताए ।  सुधारौं सोच, संस्कार र व्यवहार, नियन्त्रण हुन्छ भ्रष्टाचार भन्ने मुल नाराका साथ आयोगको ३३ औं स्थापना दिवसमा गरिएको निबन्ध प्रतियोगितामा विजयी छात्रछात्रालाई पुरस्कृत समेत गरिएको छ ।

निवन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने ग्लोवल एजुकेशनल एकेडेमी दमक झापाकी कृतिशा भण्डारी, दोस्रो हुने सैनिक आवासीय विद्यालय, धरानका प्रिन्स श्रेष्ठ र तेस्रो हुने धुलाबारी मावि झापाका दीक्षा प्याकुरेललाई पुरस्कृत गरियो । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले  प्रथम, द्वितीय र तेस्रो तृतीय हुनेहरुलाई क्रमशः नगद २० हजार, १५ हजार र १० हजार प्रदान गरे ।

View : 196

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved