Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

ग्रीनल्याण्डका ८ विद्यार्थीले पाए एमबीबीएस पूर्ण छात्रवृत्ति

उद्घोष सम्वाददाता
२० मंसिर २०८०, बुधवार

विराटनगर : विराटनगरमा रहेको ग्रीनल्याण्ड कलेजमा अध्ययन गरेका आठ जना विद्यार्थीहरुले एमबीबीएसतर्फ पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । २०८० सालको एमबीबीएसका लागि भएको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरुलाई कलेजले सम्मान गरेको छ ।

कलेज परिसरमा मंगलबार आयोजित कार्यक्रममा विद्यार्थीहरु शत्रुघन साह, अमित यादव, इसानसिंह यादव, रोहनकुमार प्रभाकर, सविना चौधरी, अनमोल झा, कृपा खड्का र आकृति बस्नेतलाई सम्मान गरिएको हो ।

उनीहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले कदरपत्रसहित सम्मान गरेका हुन् ।

मेयर कोइरालाले विराटनगर गुणस्तरीय शिक्षा प्राप्तिका लागि शैक्षिक गन्तव्य बन्दै गएको र विभिन्न प्रदेशबाट अध्ययनका लागि विराटनगर आउने विद्यार्थीहरुको संख्या बढेको बताए । विराटनगरमा अध्ययन गर्ने विद्यार्थीहरुले प्राप्त गरेको सफलताले विद्यालय तथा कलेजहरुको क्षमता समेत बढाएको बताए ।

एउटै शैक्षिक संस्थाबाट आठ जनाले एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्नु निकै महत्त्वपूर्ण उपलब्धि भएको उनले बताए । कलेज र विद्यार्थीहरुको मेहनतले अध्ययनका लागि नेपालबाट पैसा विदेशिन रोकेको समेत उनले बताए ।

सम्मानित विद्यार्थीहरुको तर्फबाट बोल्दै विद्यार्थी अमित यादवले कडा मिहिनेतबाट सफलता प्राप्त गरेको बताए । उनले आफ्नो सफलतामा कलेजका शिक्षकहरुले प्रदान गरेको शैक्षिक वातावरणसमेत महत्त्वपूर्ण रहेको भनाइ राखे । पढ्ने उद्देश्य राखेर कलेज पुग्ने जोसुकै विद्यार्थीहरुले पनि आफ्नो जीवनको महत्त्वपूर्ण सफलता प्राप्त गर्ने विश्वास उनले व्यक्त गरे ।

विद्यार्थी कृपा खड्काले विद्यार्थीहरुको चाहनाबमोजिम कलेजको शिक्षण रहेकोले सफलता प्राप्त गर्न सहज भएको बताइन । उनले पढ्न खोज्यो भने नतिजा निकाल्न सकिन्छ भन्ने आत्मविश्वास पनि बढेको बताइन् । 

कलेजका सञ्चालक राजीव मिश्रले विद्यार्थीहरुलाई उत्प्रेरित गर्न सम्मान गरिएको जानकारी दिए । साथै विद्यार्थीहरुले अन्तर्राष्ट्रियस्तरमा समेत सफलता प्राप्त गरेकोमा कलेज निकै खुशी भएको बताए ।

कार्यक्रमका अध्यक्ष एवं कजेजका सञ्चालक शिवनारायण यादवले कलेजले अझ राम्रो नजिताका लागि मेहनत गर्दै जाने प्रतिबद्धता जनाए । उनले ग्रीनल्याण्डलाई देशकै उत्कृष्ट कलेज बनाउन आफूहरु लागिपरेको बताए ।

View : 205

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved