विराटनगर । विराटनगरका उद्योगी व्यवसायीहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाइ उद्योग व्यवसायका क्षेत्रका विद्यमान समस्या र समाधानका लागि सुझावहरु प्रस्तुत गरेका छन् ।
आइतबार विराटनगरमा आयोजित भेटघाट कार्यक्रममा मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, कोशी प्रदेशले संयुक्त रुपमा मन्त्रालयका सचिव निरौलासँग छलफल गरी सुझावहरु प्रस्तुत गरेका हुन् ।
संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले उद्योगी व्यवसायीहरुको विद्यमान समस्याहरु जानकारी गराउँदै ती समस्या समाधानका सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडा, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना र गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका कार्यालय प्रमुख शम्भुकुमार झालगायत तीन वटै संघ–संस्थाका पदाधिकारीहरुको सहभागिता थियो ।
View : 206
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved