Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

एचिभर्स कन्सल्टेन्सीले आठ देशको लागि शैक्षिक परामर्श

उद्घोष सम्वाददाता
१५ जेठ २०८१, मङ्गलवार

विराटनगर । विराटनगर–९ स्थित एचिभर्स कन्सल्टेन्सी सर्भिसेजले भारतसहित विभिन्न आठ वटा देशहरुका लागि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको दाबी गरेको छ ।

कन्सल्टेन्सीले सार्क राष्ट्र अन्तरगत भारत, बंगलादेश तथा अष्ट्रेलिया, बेलायत, न्यूजिल्याण्ड, अमेरिका, क्यानडा र युरोपका देशहरुमा गुणस्तरीय शिक्षाका लागि जान चाहने नेपाली विद्यार्थीहरुका लागि शैक्षिक परामर्श प्रदान गर्दै आएको जनाएको छ ।

कन्सल्टेन्सीका संचालक सुनिल जैसवालले नेपाल सरकारका निकायबाट स्वीकृत प्राप्त गरेर शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको बताए ।

उनले विशेष गरी भारतको गुजरातस्थित पारुल युनिभर्सिटीमा मेडिकल र पारामेडिकल, इन्जिनियरिङ र अन्य शैक्षिक कार्यक्रमका लागि परामर्श सेवा प्रदान गरिरहेको जानकारी दिए । कन्सल्टेन्सीले पारुल युनिभर्सिटीसँग सन् २०१५ देखि सहकार्य गर्दै आएको जनाइएको छ । 

क्यानडा, अमेरिका र युरोपका देशहरुका लागि आइरटीएस, पीटीइ लगायतका कक्षा पनि विराटनगरमै उपलब्ध रहेको उनले बताए । पारुल युनिभर्सिटीका एसोसिएट मार्केटिङ म्यानेजर निरज कुमार साहले गुणस्तरीय शिक्षाका साथै सहुलियत शुल्कमा विश्वविद्यालयमा अध्ययनको अवसर प्रदान गरिएको दाबी गरे ।

नेपाली विद्यार्थीहरुका लागि ५० प्रतिशत छात्रबृत्तिको सुविधा रहेको र हाल दुई सय ४० वटा विषयमा अध्यापन भइरहेको बताए । विश्वविद्यालयमा नेपालसहित ७३ वटा देशका विद्यार्थीहरुले अध्ययन गरिरहेको हरेक बर्ष नेपालबाट मात्रै पाँच सय विद्यार्थीहरु भर्ना हुने गरेको दाबी गरे ।

View : 168

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved