Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

हत्याका घटनामा महत्वपूर्ण अनुसन्धान टुंग्याएका ओखलढुंगाका प्रहरी प्रमुख केसी सर्वोत्कृष्ट घोषित

उद्‌घोष संवाददाता
५ फागुन २०८२, मङ्गलवार

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन केसीलाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

प्रनाउ केसीले ओखलढुंगामा भएका तीनवटा हत्याका घटनाको अनुसन्धान टुंग्याउन आफैं संलग्न भएका थिए ।

उनले चिशंखुगढी गाउँपालिका–६ भदौरे बोहोरेका ७४ बर्षीय चन्द्र बिक्रम राई र ८० बर्षीया चन्द्र माया राईको २०८२ माघ १३ गते भएको हत्या र लुटपाट घटनामा संलग्न २ जनालाई काठमाण्डौंमा पक्राउ गर्न सफल भएका थिए । 

त्यसैगरी, केसीले २०६७ असार २४ गते ओखलढुंगाको तत्कालिन भदौरे गाविस–२ का ४३ बर्षीय छविलाल कार्कीको हत्या गरि फरार रहेका चारजना अभियुक्तहरूलाई १५ बर्षपछि पक्राउ गरेका थिए । 

साथै उनले २०८२ मंसिर २८ गते ओखलढुंगा खिजिदेम्वा गाउँपालिका–९ स्थितमा एक महिलालाई जवरजस्ती करणी गरी फरार रहेका २७ बर्षीय प्रतिवादीलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएका थिए ।

सोही कारण प्रहरी नायव उपरीक्षक केसीको कार्यको उच्च मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको जनाइएको छ ।

View : 108

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved