Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

तारानाथ पोखरेलको ‘विविधावली’ लोकार्पण

उद्‌घोष संवाददाता
२५ जेठ २०८२, आइतवार

विराटनगर । साहित्यकार तारानाथ पोखरेलद्वारा लिखित ‘विविधावली’ नामक पुस्तकको लोकार्पण गरिएको छ । 

विराट साहित्य संगम विराटनगरले शनिबार यहा“  आयोजना गरेको कार्यक्रममा पोखरेलको चौथो कृृतिका रुपमा प्रकाशित ‘विविधावली’को लोकार्पण गरिएको हो । 

आयोजक विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार बलराम पोखरेल, वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्ती, अग्रज साहित्यकार खेम नेपाली, साहित्यकार भूषण ढुंगेल, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका महाप्रबन्धक विजयहरि शर्मालगायतले संयुक्त रुपमा कृति लोकार्पण गरे ।

८० पृष्ठको ‘विविधावली’भित्र कविता, मुक्तक, गजल र लघुकथा समेटिएको छ । 

साहित्यकार पोखरेलको यसअघि ‘सितारा’ गजलसंग्रह (२०७१), ‘तिम्रो यादमा’ गजलसंग्रह (२०७६) र ‘खेल रहेछ जिन्दगी मुक्तक संग्रह (२०७९) प्रकाशित भइसकेका छन् । 

समालोचक हरि कट्टेलले ‘विविधावली’का विषयमा समीक्षा गर्दै ‘विविधावली’भित्र राष्ट्रप्रेम, नारीवादी, प्रकृति प्रेम, जातीय विभेद, वर्तमान राजनीति, आर्थिक, धार्मिक र सांस्कृतिक विकृतिलगायतलाई समेट्ने प्रयास गरेको बताए । 

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका साहित्यकार बलराम पोखरेल, वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्ती, अग्रज साहित्यकार खेम नेपाली, साहित्यकार भूषण ढुंगेल, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका महाप्रबन्धक विजयहरि शर्मा, साहित्यकार रामबाबु दाहाल, भवानीशंकर पोखरेल, गोपाल निर्भीकलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

View : 278

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved