डेभिल्ससँग टी–२० विश्वकप डेब्यु
विराटनगर । प्रख्यात एसियाली ब्राण्ड डेभिल्सले नेपाली क्रिकेट इतिहासकै महत्वपूर्ण क्षणलाई प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ ।
डेभिल्स खाऊ, मुम्बई जाऊ, नामक यस अभियानमार्फत क्रिकेटप्रेमीहरूलाई टी–२० विश्वकपमा नेपालको पहिलो सहभागिताको प्रत्यक्ष साक्षी बन्ने दुर्लभ अवसर प्रदान गरिएको छ ।
सो अभियान अन्तर्गत एकजना भाग्यशाली विजेताले मुम्बईको वानखेडे स्टेडियममा फेब्रुअरी १५ मा हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेल प्रत्यक्ष हेर्न सबै खर्च समेटिएको भ्रमण जित्नेछन् ।
विश्व क्रिकेटको सबैभन्दा प्रतिष्ठित रंगशालामध्ये एक वानखेडे स्टेडियममा बसेर नेपालको विश्वकप डेब्यु हेर्ने अवसर दिएर डेभिल्सले समर्थकहरूलाई खेलको केन्द्रमा ल्याउने लक्ष्य राखेको जनाएको छ ।
डेभिल्स खाऊ, मुम्बई जाऊ अभियान डेभिल्सका आधिकारिक सामाजिक सञ्जालमार्फत सञ्चालन हुनेछ ।
त्यसमा सहभागी हुन इच्छुकले डेभिल्सको आधिकारिक पेजलाई फलो गर्नुपर्नेछ, अभियान पोस्टमा सोधिएको प्रश्नको सही उत्तर कमेन्ट गर्नु पर्नेछ र तीनजना साथीहरूलाई ट्याग गर्नु पर्नेछ । पोस्ट सेयर गर्न भने प्रोत्साहन गरिएको छ ।
पुरस्कार प्याकेजमा मुम्बई आवतजावतका हवाई टिकट, खेल प्रवेश टिकट, तीनतारे होटलमा चार दिनको बसाइँ (ब्रेकफास्टसहित), एयरपोर्ट ट्रान्सफर, सिटी टुर, दर्शनीय स्थल भ्रमण, पर्यटन कर, तथा वानखेडे स्टेडियम आउजाउको सम्पूर्ण यातायात व्यवस्था समावेश गरिएको छ ।
अभियानबारे टिप्पणी गर्दै एसियन थाई फुडका निर्देशक आशिष जाजूले भने, टी–२० विश्वकपका लागि नेपालको छनोट राष्ट्रका लागि गर्व र ऐतिहासिक क्षण हो ।
‘डेभिल्स खाऊ, मुम्बई जाऊ’ मार्फत हामी यस उपलब्धीलाई उत्सवका रूपमा मनाउँदै समर्थकहरूलाई स्टेडियममै बसेर इतिहासको साक्षी बन्ने अवसर दिन चाहन्थ्यौं ।
क्रिकेटले लाखौं मानिसलाई जोड्छ, र यो अभियान विश्व मञ्चमा नेपाली टोलीलाई समर्थन गर्ने हाम्रो प्रयास हो ।
डेभिल्स खाऊ, मुम्बई जाऊ अभियानमार्फत डेभिल्सले नेपाली क्रिकेटको गर्विलो क्षणलाई समर्थकहरूसँग साझा गर्दै, खेलकुदले जोड्ने भावना र उत्साहलाई अझ बलियो बनाएको कम्पनीको भनाइ छ ।
View : 64
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved