विराटनगर । भुजेल समाज सेवा समिति, विराटनगर महानगरपालिका समितिले समाजको संस्थागत विकासका लागि बिहीबार ५० जनालाई आजीवन सदस्यतामा आवद्ध गराएको छ ।
प्रकृति पूजा–२०८२ को अवसरमा आयोजित कार्यक्रममा प्रकृतिमाताको आराधना गर्दै आजीवन सदस्य विस्तार गरिएको हो ।
समाजले विगत एक दशकदेखि विराटनगर महानगरपालिका क्षेत्रभित्र भुजेल समुदायको भाषा, लिपि, संस्कार र सांस्कृतिक पहिचानको संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरणका उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
समाजले सञ्चालन गर्दै आएका गतिविधिको प्रशंसा गर्दै विराटनगर–१६ का वडाध्यक्ष उद्धवकुमार भुजेलले विश्वासिलो नेतृत्व र एकतावद्ध वातावरण भएमा समाजले अझ प्रभावकारी सामाजिक कार्य गर्न सक्ने धारणा व्यक्त गरे ।
त्यसैगरी समाजका सल्लाहकार विष्णुबहादुर भुजेलले कुनै असन्तुष्टि वा समस्या देखिएमा समाजभित्रकै संवाद र छलफलबाट समाधान खोज्न सकिनेमा जोड दिए । मन, वचन र कर्मले समाजप्रति समर्पित नभएसम्म प्रभावकारी सामाजिक सेवा सम्भव नहुने उनले उल्लेख गरे ।
समाजका अध्यक्ष गोपाल भुजेलका अनुसार विराटनगर महानगरपालिकाका १९ वटै वडामा गरी करिब दुई सय घरपरिवारमा रहेको छ ।
कार्यक्रम समाजका सचिव गंगा भुजेलको सञ्चालनमा सम्पन्न भएको थियो भने सदस्य रिता भुजेलले उपस्थित अतिथिहरूलाई स्वागत गरेकी थिइन् ।
View : 446
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved