विराटनगर । मैथिली समुदायको महत्वपूर्ण पर्व जितिया मनाउन प्रथम महिला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आउने भएकी छन् ।
असोज ३ गते बिहीबार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजना हुने जितिया पर्वको समारोहमा सहभागी हुन उनी आउन लागेकी हुन् ।
अप्पन विराट गढ परोपकार समाज विराटनगरको आयोजनामा हरेक वर्ष विराटनगरमा जितिया पर्व मनाइँदै आएको छ । समाजले मैथिली समुदायको साँस्कृतिक र भाषिक क्षेक्रको संरक्षणमा कार्यत्रमहरू गर्दै आएको जनाइएको छ ।
यसैबीच पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी फाउन्डेसन कोशी प्रदेश समितिले शुक्रबार आयोजना गर्ने प्रदेशस्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा एमाले मोरङका उपसचिव सोमराज थापाले जानकारी दिए ।
View : 126
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved