भोजपुरको षडानन्द नगरपालिका-१२ स्थित तुर्के पुल-साम्पाङ-फाली दोबाटो सडकखण्ड कालोपत्र गरिँदै । यहाँ प्रदेश सरकारको लगानीमा २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको छ । तस्बिर : युवराज विष्ट/रासस
विराटनगर । संघीयताको अभ्यासयताका सात वर्षमा कोशी प्रदेशको बजेट कार्यान्वयनबाट प्रदेशको औषत आर्थिक बृद्धिदर ४ प्रतिशत कायम भएको छ । प्रदेश सरकार गठन भएदेखि हालसम्मको अवधिमा कोशी प्रदेशको आर्थिक बृद्धि औषत ४ प्रतिशत रहेको प्रदेश सरकारको दाबी छ ।
चालु आर्थिक वर्षमा देशको समग्र आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुँदा कोशी प्रदेशको भने ३.३४ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
कोशी प्रदेश सरकारले आइतबार मात्रै आर्थिक बर्ष २०८२–८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
उक्त बजेटको कार्यन्वयनबाट २०८२–८३ मा प्रदेशको आर्थिक बृद्धिदर ५ दशमलव ३ पुग्ने आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बताए ।
कोशी प्रदेशमा आर्थिक वर्ष २०७६–७७ मा ५ खर्ब ९६ अर्ब कायम रहेको कुल गार्हस्थ्य उत्पादन आर्थिक वर्ष २०८१–८२ सम्म बृद्धि भएर ९ खर्ब ७० अर्ब ७४ करोड पुग्ने बताए ।
आर्थिक वर्ष २०८१–८२ कुल ग्राहस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान भन् ३४.०५ प्रतिशत रहने उनले बताए । त्यस्तै सेवा र उद्योग क्षेत्रको योगदान क्रमशः ४९.९ प्रतिशत र १६.०५ प्रतिशत रहने अनुमान प्रस्तुत गरेका छन् ।
कोशी प्रदेशमा आर्थिक वर्ष २०७५–७६ मा प्रतिव्यक्ति आय १०२४ अमेरिकी डलर रहेकोमा आर्थिक वर्ष २०८१–८२ मा १४०१ अमेरिकी डलर पुगेको सरकारको दाबी छ ।
निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या राष्ट्रिय औषत २०.२७ प्रतिशतभन्दा कम अर्थात् १७.२ प्रतिशत रहेको छ ।
धनी र गरिब बीचको खाडल मापन गर्ने सम्पत्तिमा आधारित गिनी गुणक अंक आर्थिक वर्ष २०७५–७६ मा ०.३५ रहेकोमा आर्थिक वर्ष २०८१–८२ मा ०.३० पुगेको सरकारको भनाइ छ । यसले कोशी प्रदेशमा आय असमानता क्रमशः कम हुँदै गएको जनाइएको छ ।
View : 42
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved