Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

हिमालयन ह्वाइटहाउसकाे प्राचार्यमा प्राडा यादवराज कोइराला नियुक्त

उद्‌घोष संवाददाता
१२ वैशाख २०८३, शनिवार

Advertisement

विराटनगर काठमाडौंको पुतलीसडकस्थित प्रतिष्ठित शैक्षिक संस्था हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजको प्राचार्यमा प्रा.डा. यादवराज कोइराला नियुक्त भएका छन् । पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहेका कोइरालालाई कलेज प्रशासनले हालै एक भव्य समारोहका बीच स्वागत गर्दै जिम्मेवारी सुम्पिएको हो ।

लामो समयसम्म विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा प्राध्यापन गराएका कोइराला नेपालको उच्च शिक्षा क्षेत्रमा एक अनुभवी र दूरदर्शी नेताका रूपमा चिनिन्छन् । त्रिभुवन विश्वविद्यालयबाट अनिवार्य अवकाश प्राप्त गरेपछि पनि उनी व्यवस्थापन संकाय अन्तर्गतका विभिन्न अनुसन्धानात्मक र प्राज्ञिक कार्यहरूमा सक्रिय रहँदै आएका थिए ।

अनुभव र नेतृत्वको नयाँ संगम

डा. कोइरालाको नेतृत्वसँगै ह्वाइटहाउस कलेजले प्राज्ञिक उचाइमा नयाँ फड्को मार्ने विश्वास लिएको छ । कलेजद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "विशिष्ट प्राज्ञिक करियर र उच्च शिक्षाको विकासमा उहाँको दुरगामी दृष्टिकोण कलेजका लागि अमूल्य सम्पत्ति हुनेछ । उहाँको अनुभवले कलेजमा नवप्रवर्तन र गुणस्तरीय शिक्षाको नयाँ युगको सुरुवात गर्नेछ ।"

विराटनगर र कोशी प्रदेशको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका कोइरालाको काठमाडौं गमन र निजी क्षेत्रको प्रतिष्ठित कलेजसँगको आबद्धतालाई शैक्षिक वृत्तमा चासोका साथ हेरिएको छ । कलेज परिवारले उनकाे कार्यकालमा संस्थाले थप उचाइ लिने भन्दै हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

View : 1579

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved