विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले २९ जना प्रहरी कर्मचारीलाई कम्प्युटर दक्षता सम्बन्धी तालिम प्रदान गरेको छ ।
साउन १३ गतेदेखि सुरु भएको १५ दिने तालिममा कोशी प्रदेश प्रहरी कार्यालय र कोशी प्रदेश प्रहरी गण विराटनगरका ९ महिलासहित २९ जना प्रशिक्षार्थी प्रहरी अधिकृतहरू सहभागी भएको जनाइएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले प्रहरी कर्मचारीहरूको कार्यालय सञ्चालन शैलीमा समय सापेक्ष परिवर्तन आवश्यक रहेकोले उनीहरूलाई प्रविधि सम्बन्धी ज्ञान दिन तालिम आयोजना गरिएको बताए ।
प्रहरीले दैनिक सम्पादन गर्नुपर्ने कार्यमा वैज्ञानिक ज्ञान, सीप र कौशलको सकारात्मक अभिवृद्धि गराउँदै संगठनको उद्देश्य परिपूर्ति गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न तालिम प्रदान गरिएको जानकारी दिए ।
उनीहरूलाई कम्प्युटरको परिचय, माइक्रोसफ्ट वर्ड, एक्सल, पावरप्वाइन्ट, युनिकोडको प्रयोग, इमेल र इन्टेरनेट, भिडियो कन्फेरेन्स, रिमोट डेस्कटप, एन्टिभाइरस र साइबर क्राइमसम्बन्धी जानकारी तालिममार्फत प्रदान गरिएको हो ।
View : 112
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved