Biratnagar, Morang, Nepal
३० वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
प्रविधि

विश्व वैज्ञानिकको सूचिमा प्राडा भट्टराई

उद्घोष सम्वाददाता
१२ मंसिर २०८०, मङ्गलवार

विराटनगर : महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक डा अजय भट्टराई विश्व वैज्ञानिक सूचीमा परेका छन् । विज्ञान तथा प्रविधि क्षेत्रमा अनुसन्धान कार्य गर्ने  उत्कृष्ट सोधकर्ताहरुको सूचीमा डा भट्टराई  छनोट भएका हुन् ।

अमेरिकाको प्रसिद्ध स्टाण्डफोर्ड विश्वविद्यालयले हालै सार्वजनिक गरेको विश्वभरीका वैज्ञानिकको सूचीमा प्राडा भट्टराई परेका हुन् ।

अमेरिकाको स्ट्याण्डफोर्ड विश्वविद्यालयले प्रत्येक वर्ष विज्ञान र प्रविधिको क्षेत्रमा अनुसन्धान गरी लेख प्रकाशन गर्ने तथा सो लेखलाई अरुले प्रयोग गरेको आधारमा वैज्ञानिकको सूची प्रकाशन गर्दै आएको छ । जसमा नेपालमा बसी अनुसन्धान गरिरहेका २२ जना परेका छन् । जसमा कोशी प्रदेशबाट प्राडा अजय भट्टराई मात्र परेका छन् । 

गत वर्ष मात्र त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापकबाट एकै पटक प्राध्यापकमा नाम निकाल्न सफल प्राडा भट्टराईले सन् २००८ मा युरोपबाट युवा वैज्ञानिक पुरस्कार पाएका थिए । तेस्रो विश्व वैज्ञानिक प्रतिष्ठान (टीडब्लूएस) को तर्फबाट उनी पुरस्कृत भएका थिए । 

युरोपेली विश्वविद्यालय अन्तर्गत  लुण्ड विश्वविद्यालय स्वीडेनको छात्रवृत्तिमा वार्सा विश्वविद्यालयमा नौ महिने पोष्ट डक्टरेट एवम् फुटब्राइट छात्रवृत्ति पाई अमेरिकाको बोस्टन कलेजमा समेत उनले नौ महिने पोष्ट डक्टरेट  गरेका छन् ।

हाल उनी मोरङ क्याम्पसको रसायनशास्त्र विभागका प्रमुख भइ प्राध्यापन तथा अनुसन्धानको कार्य पनि गरिरहेका छन् । उनको प्रयोगशालाबाट देशविदेशका विद्यार्थी तथा वैज्ञानिकहरुले फाइदा लिइरहेका छन् ।

त्रिविले पनि यस वर्षबाट सुरु गरेको उत्कृष्ट अनुसन्धान पुरस्कारबाट पनि प्राडा भट्टराई सम्मानित भएका छन् । 

View : 112

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved