विराटनगर । विराट गोल्डकप फुटबल ट्रष्टको शनिबार सम्पन्न साधारणसभाले किशोरबहादुर शाहीलाई अध्यक्षमा चयन गरेको छ । १५ सदस्यीय समितिमा ११ सदस्य साधारणसभाले चयन गरेको हो ।
समितिको उपाध्यक्षमा किशोर तिम्सिना, महासचिव दिनेश बस्नेत, सचिव ध्रुवप्रसाद सिग्देल, सहसचिव विमल राजभण्डारी, कोषाध्यक्ष अनुज बानियाँ र सदस्यहरुमा मधुसुधन खनाल, राजेश हमाल ठकुरी, शंकर खरेल, कुमार महर्जन र धनकुमार लामा छन् ।
नयाँ समितिको शनिबार बसेको पहिलो बैठकले कार्यसमितिमा थप तीन जना सदस्य मनोनित गरेको छ । मनोनित हुनेहरुमा किरण गिरी, अरुण लामा र मदन काफ्ले रहेको कोषाध्यक्ष अनुज बानियाँले जानकारी दिए । ट्रस्टमा १५ सदस्यीय समिति हुने र रिक्त एक सदस्य पछि मनोनित गरिने छ ।
विराट गोल्डक्लव फुटबल ट्रस्टमा ५१ ट्रस्टी भए पनि नवीकरण भएका ३५ जनाको मात्र साधारणसभामा उपस्थिति थियो ।
क्लबले आगामी फागुन दोस्रो हप्ताको लागि विराट गोल्डकप आयोजन गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र पठाइ सकेको छ । सोको लागि एन्फा अध्यक्ष पङ्कज नेम्वाङसँग कुरा गर्दा फागुन अन्तिम हप्तामा फुटबल प्रतियोगिता आयोजना गर्न सुझाव आएको कोषाध्यक्ष बानियाँले जानकारी दिए ।
View : 144
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved