Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

महिलालाई केक बनाउने तालिम

उद्घोष सम्वाददाता
२५ असार २०८१, मङ्गलवार

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेश महिला उद्यम समितिको आयोजनामा महिलाहरूको लागी दुईदिने केक बनाउने तालिम दिइएको छ । मोरङको बुढिगंगा गाउँपालिकाको टंकिसिनवारीमा सञ्चालित सो तालिमका प्रशिक्षार्थीहरूलाई सोमबार प्रमाणपत्र प्रदान गरिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडा, सहयोगी संस्था टंकी सिनवारी जेसिज बोर्ड अफ ट्रस्टी शिव कोइराला र कार्यक्रमकी सभापति रचना राठीले प्रमाणपत्र वितरण गरेका थिए । 

सो अवसरमा प्रशिक्षित महिलाहरूले तयार गरेको बिभिन्न प्रकारका केकहरूको प्रदर्शनी पनि गरिएको थियो । दुई दिनसम्म सञ्चालन गरिएको केक बनाउने तालिममा नमस्कार होटल म्यानेजमेन्टका निर्देशक दिना प्रधानले प्रशिक्षण दिएकी थिइन् ।  नेपाल उद्योग परिसंघ कोशी प्रदेशको महिला उद्यम समितिद्वारा आयोजित तालिममा २५ जना महिला सहभागी थिए ।

View : 104

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved