सांकेतिक तस्वीर ।
विराटनगर । बालकलाई विराटनगरमा बन्धक बनाएर फिरौती माग गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बन्धक बनाएर उनीहरू फरार थिए ।
बालक बन्धक बनाउन बालककै समूह प्रयोग गरेका दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान जारी रहेकाले प्रहरीले यो विषय सार्वजनिक गरेको छैन ।
विराटनगर महानगरको उत्तरी क्षेत्रका एक बालकलाई मंगलबार बालबालिकाहरूले नै बन्धक बनाएका थिए । त्यसपछि युवाहरूले बालकको अभिभावकलाई फोन गरेर रकम लिएको बताइएको छ ।
केही रकम तत्काल लिएको र बाँकी पछि बुझाउने सर्तमा बालकलाई छाडिएको थियो ।
बालकलाई बन्धक बनाएर रकम असुली गर्ने योजना बनाएका दुई ब्यक्तिलाई शुक्रबार प्रहरीले सार्वजनिक गर्दैछ ।
बालक बन्धक बनाउन प्रयोग भएका बालबालिकालाई भनें प्रहरीले नियन्त्रणमा लिएर बुधबार नै अभिभावकको जिम्मा लगाएको थियो ।
बालक बन्धक बनाएर रकम असुली गर्ने योजना बनाएका युवाको खोजीमा प्रहरीले सादा पोशाकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो ।
प्रहरी स्रोतका अनुसार नियन्त्रणमा लिइएका बालबालिकालाई बोलाएका बेला आउने सर्तमा अभिभावकको जिम्मा लगाइएको छ ।
मोरङका प्रहरी उपरीक्षक कबित कटुवालले आरोपीहरू पक्राउ परेको र थप अनुन्धानपछि सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए । यी युवाले बालकलाई बन्धक बनाएर अभिभावकसँग फिरौती माग गरेका थिए ।
View : 357
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved