विराटनगर । सुनसरीको दुहबीमा निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र दुई जनाको शव फेला परेको छ । दुहबी नगरपालिका–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव बुधबार बिहान भेटिएको हो ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार उनीहरूको शव बुधबार बिहान १० बजे फेला परेको हो ।
‘दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा चन्द्रिका रौनियारको नयाँ बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र शव भेटिएको छ’ डीएसपी खतिवडाले भने ‘मृतकमध्ये श्यामबहादुर पेटी ठेकेदार हुन् । राई मजदुर हुन् ।’
उनीहरूको ज्यान सेफ्टीट्याङ्कीभित्र निस्सासिएर गएको हो कि अन्य कारणले अनुसन्धान सुरू भएको प्रहरी भनाइ छ । फरेन्सिक विज्ञसहितको टोली परिचालन भएको प्रहरी भनाइ छ ।
View : 498
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved