नेपालगञ्ज, ७ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आर्चायले सुशासन कायम भए भ्रष्टाचार न्यूनीकरण हुँदै जाने बताएका छन् ।
प्रदेश सरकारद्वारा आज यहाँ ‘सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरणसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना’ मस्यौदाका सम्बन्धमा आयोजित छलफलमा उनले सुशासन कायम नहुँदा भ्रष्टाचार बढ्दै गएको उल्लेख गरे ।
मुख्यमन्त्री आर्चायले भ्रष्टाचार न्यूनीकरणका लागि पाँच वर्षे रणनीति योजना ल्याइएको बताउँदै यसलाई मन्त्रिपरिषद्बाट पास गरी कार्यान्वयनमा लैजाने जानकारी दिए ।
उनले लुम्बिनी प्रदेश सरकार भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन अभिवृद्धि गर्ने, जनता केन्द्रित विकास, निर्माणमा सक्रिय रुपमा लागेको उल्लेख गरे ।
नेतृत्व तहमा बसेकाहरुको कमजोरीका कारण जनता निराश भएको उल्लेख गर्दै मुख्यमन्त्री आर्चायले सबै तहमा भ्रष्टाचार न्यस्नीकरण गर्दै सुशासन कायम गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे ।
उनले प्रदेश सरकारले आचारसंहिता निर्माण गरेर लागू गर्न खोजेको बताउँदै विवाह, भोज वा पर्वमा सरकारी गाडीको दुरुपयोग नगर्न आग्रहसमेत गरे ।
“सरकारले केही नयाँ ढङ्गले काम गर्न खोजिरहेको छ”, मुख्यमन्त्री आर्चायले भने, “सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरणसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजनामा सार्वजनिक निकायको प्रदेमा आवश्यक्ता, नगारिकको अपेक्षा, आर्थिक स्रोतको उपलब्धता, दिगोपनालगायत आधारमा काम गर्ने विषयलाई प्राथमिकता दिएको छ ”
मस्यौदामा नैतिकता तथा सदचारिता प्रवर्द्धन, व्यावसायिक अभिवृद्धी, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक पदाधिकारीको नेतृत्व क्षमता विकास, वित्तीय अनुशासन, आयोजना कार्यान्वनयन, कानुन तर्जुमा तथा कार्यान्वयन, पारदर्शीता, सामाजिक जवाफदेहीता तथा उत्तरदायित्वलगायत विषयलाई उल्लेख गरिएको छ ।
प्रदेशका सचिव कृष्ण पौडेलले प्रस्तुत गरेको मस्यौदामाथिको छलफलमा सहभागी हुँदै राजनीतिक दल, सामाजिक अभियन्ताले मस्यौदालाई प्रभावकारी कार्यान्वन गर्न आग्रह गरेका थिए । रासस
View : 102
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved