विराटनगर । सोमबार राती प्रकासित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार विराटनगरको आदर्श माध्यमिक विद्यालयका दुई विद्यार्थीले ४ जीपीए हाँसिल गरेका छन् । विद्यालयका अनुसार यस वर्ष ९६ दशमलव ६७ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ।
विद्यालयबाट ३९१ जना परीक्षार्थी मध्ये ३७८ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । १३१ जनाले ३.६० देखि ४.०० जीपीए प्राप्त गरेका छन् ।
त्यसैगरी ३.२० देखि ३.६० जीपीए ल्याउने १६४, २.८० देखि ३.२० जीपीए ल्याउने ७४ र २.४० देखि २.८० जीपीए ल्याउने ७ जना विद्यार्थी रहेका छन् ।
विद्यालयबाट १३ जना विद्यार्थी मात्रै नन–ग्रेडेड (एनजी) मा परेका छन् ।
View : 266
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved