Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

देशव्यापी वक्तृत्वकलामा बेलबारीकी दीक्षा कार्की प्रथम

उद्‌घोष संवाददाता
४ मंसिर २०८२, बिहिवार

Advertisement

विराटनगर । विराटनगरमा बिहीबार सम्पन्न देशव्यापी वक्तृत्वकला प्रतियोगितामा मोरङ बेलबारीकी दीक्षा कार्की प्रथम भएकी छन् ।

किशोरकिशोरी सम्मिलित  सो प्रतियोगितामा  देशभरबाट एक सय ३२ जना सहभागी थिए ।

‘उज्ज्वल भविष्यका लागि सँगै उठौं’ शीर्षकमा केन्द्रित सो प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिंदै पूर्वाञ्चल विश्वविद्यालय कानुन क्याम्पस (स्कुल अफ ल) विराटनगरमा स्नातक तह (बीएएलएलबी) अध्ययनरत दीक्षा कार्कीले प्रथम स्थान हासिल गरेकी हुन् । सो प्रतियोगितामा आर्यन कोइराला (भद्रपुर) द्वितीय र संयुक्ता पोखरेल (विराटनगर) तृतीय भए । 

अग्रज साहित्यकार विवश पोखरेल, कवि एवं पत्रकार मीनकुमार नवोदित र कवि देवेश प्रधान सम्मिलित निर्णायक समितिले विजेताहरूको नाम घोषणा गरेको थियो ।

प्रतियोगितासँगै सहभागी युवाहरूका लागि नेतृत्व विकास र भातृत्व अभिवृद्धिसम्बन्धी प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको कार्यक्रम संयोजक प्रशिका निरौलाले जानकारी दिइन् ।

तालिम सत्रहरूमा पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठ, जेनिथ कलेज विराटनगरका प्राध्यापक सन्दीपदास श्रेष्ठ र कैलाश खाकी श्रेष्ठ लगायतले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए ।

आयोजक संस्था विराटनगर जुनियर जेसीजकी अध्यक्ष आयुषा खतिवडाको अध्यक्षतामा विभिन्न व्यक्तिहरूलाई सम्मानसमेत गरिएको सो कार्यक्रममा नेपाल जेसिजकी राष्ट्रिय अध्यक्ष रजनी थापाको विशेष उपस्थिति थियो ।

View : 327

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved