Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

ज्येष्ठ नागरिक ग्राम निर्माण कार्य अघि बढाउन मन्त्री महतोलाई सरोकार समितिको ध्यानाकर्षण

उद्‌घोष संवाददाता
२७ जेठ २०८३, बुधवार

Advertisement

मोरङको ग्रामथान–७ मा निर्माणाधीन ज्येष्ठ नागरिक ग्रामको निर्माण कार्यलाई तीव्रता दिन सरोकारवालाहरूले कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोसँग जोडदार माग गरेका छन्।

बुधबार मन्त्री महतोलाई भेटेर प्रतिनिधिमण्डलले आगामी प्रदेश सरकारको बजेटमा यस परियोजनालाई प्राथमिकताका साथ विनियोजन गर्न ध्यानाकर्षण गराएको हो।

 

ज्येष्ठ नागरिकहरूको सहज व्यवस्थापन र सेवाका लागि महत्त्वपूर्ण मानिएको साे योजनालाई अलपत्र पर्न नदिन सरकारको सक्रियता आवश्यक रहेको भन्दै सरोकार समितिका पदाधिकारी तथा प्रतिनिधिहरूले मन्त्री समक्ष आफ्नो धारणा राखेका थिए।

भेटघाटका क्रममा सरोकार समितिका सह–संयोजक मणिकुमार अर्याल, सदस्यहरू सुरबहादुर श्रेष्ठ, यज्ञप्रसाद शर्मा  र केदार कार्की तथा कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेको सहभागिता रहेको थियो।

 

यसअघि ज्येष्ठ नागरिक बौद्धिक मञ्च नेपालऽ विराटनगर–५ ले ज्येष्ठ नागरिक ग्राम निर्माणका लागि आवश्यक समन्वय र दबाब सिर्जना गर्ने उद्देश्यसहित ‘ज्येष्ठ नागरिक ग्राम सञ्चालन सरोकार समिति’ गठन गरेको थियो।

 

समितिले निर्माण कार्यलाई गति दिन विभिन्न तहमा छलफल र पहलकदमी लिने निर्णय गरेको छ।

 

राज्यको तर्फबाट आवश्यक बजेट व्यवस्थापन र समन्वय भएमा निर्माणाधीन ग्रामले छिट्टै पूर्णता पाउने र ज्येष्ठ नागरिकहरूले सम्मानजनक सुविधा प्राप्त गर्ने अपेक्षा सरोकारवालाहरूले गरेका छन्।

View : 509

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved