Biratnagar, Morang, Nepal
९ फागुन २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

अल–आमना मुस्लिम महिलामा खातुन

उद्‌घोष सम्वाददाता
८ फागुन २०८१, बिहिवार

विराटनगर । अल–आमना मुस्लिम महिला नेपालको अध्यक्षमा मदिना खातुन पुनः निर्वाचित भएकी छन् । विराटनगरस्थित इस्लामिक संघ नेपालको सभाहलमा बुधबार आयोजित १६ औं साधारणबाट खातुनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । 

नयाँ कार्यसमितिको उपाध्यक्षमा तस्वीरा पर्बिन,सचिव जरिना खानम,सहसचिव फरत नाज्नी र कोषाध्यक्षमा जेवा खान सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरूमा इस्रत खानम, फर्जाना खातुनलगायत चयन भए । 

अध्यक्षमा निर्वाचित खातुन यसअघिको कार्यसमितिमा समेत अध्यक्ष थिइन् । 

नेपाली कांग्रेसका नेता एवं पूर्व खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सो संस्थाको साधारण सभाको उद्घाटन गरेका थिए । 

सो अवसरमा मुस्लिम संघका केन्द्रीय सचिव मो अफजल हुसेन ‘गुल्जार’ विराटनगर–६ का वडाध्यक्ष अक्षय सहनी, विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपाने, विराटनगर–९ का वडाध्यक्ष विश्वनाथ भगत र नेपाली कांग्रेस ६ नम्बरका क्षेत्रीय सभापति देवराज तामाङ लगायतले निर्वाचित समितिलाई शुभकामना  दिएका थिए ।

२०६६ सालमा स्थापना भएको अल–आमना मुस्लिम महिला नेपालमा २ सय बढी महिलाहरू आबद्ध रहेको जनाइएको छ । 

संस्थाले महिलाहरूलाई आय आर्जनका लागि विभिन्न किसिमका व्यावसायिक तालिम दिंदै आएको बताइएको छ ।

View : 70

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved