Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

कर्फ्यू पूर्व तयारीबारे संयुक्त अभ्यास

उद्‌घोष संवाददाता
१० कार्तिक २०८२, सोमवार

विराटनगर । शान्ति सुरक्षा कायम गर्ने क्रममा स्थानीय प्रशासनले घोषणा गर्ने कर्फ्यू आदेश पूर्व सुरक्षा निकायले अपनाउनु पर्ने पूर्व तयारीबारे तीन तहका सुरक्षा निकायले संयुक्त अभ्यास गरेका छन् । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आइतबार संयुक्त रुपमा अभ्यास गरेका हुन् । 

उनीहरूले विराटनगर–४ स्थित आयल निगम र विराटनगर–३ स्थित प्रदेश प्रमुख निवास अगाडि अभ्यास सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

अभ्यासमा तीनवटै सुरक्षा निकायका ४० जना सुरक्षाकर्मी सहभागी भएका थिए । त्यस क्रममा कर्फ्यू लगाउनु पूर्व तयारीको अवस्था सम्बन्धि संयुक्त अभ्यास गरिएको जनाइएको छ ।

View : 244

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved